,
काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनको बहुउदेश्यीय हलमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद डोल प्रसाद अर्याललाई निर्वाचित गरीयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
शुक्रबार सभामुख पदका लागि अर्यालको एकल उम्मेदवार परेको थियो भने उनी निर्विरोध निर्वाचित भइसकेका छन् । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
त्यस्तै अर्को राष्ट्रियसभाको बैठक अपराह्न ११ः१५ बजे संघीय संसद सचिवालयको भवन सिंहदरबारमा बस्दै छ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।








