२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपा नेतृत्वमा बनेको नयाँ सरकारप्रति भारतमा एक किसिमको उत्साह आफूले पाएको बताएका छन्
आइतबार भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनालले स्थिर सरकारमार्फत नेपाल–भारतबीचको विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिनेमा भारत विश्वस्त रहेको बताए ।
‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार नेपालले पाएको छ,’ उनले भने, ‘त्यो स्थिर सरकारमार्फत नेपाल भारतबीच रहेका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिन्छ ।’
उनले परियोजना लगायतका अन्य काम गर्नका लागि अहिलेको रास्वपा सरकारले भारतलाई कन्फिडेन्स दिएको उनले बताए ।
‘चाँडो चाँडो सरकार परिवर्तन हुँदैगर्दा सुरु गरिएका परियोजना, संवाद टुंगोमा पुग्न अप्ठेरो हुने, र अहिलेको स्थिर सरकारले कन्फिडेन्स दिएको मैले पाएँ,’ उनले भने ।









