नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत चयन

ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला अधिवेशन सुनकोसी गाउँपालिका–५ मुलखर्कामा भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष सुबाश मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन संघीय अध्यक्ष मोहन गोले तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
विशेष अतिथिका रूपमा संघीय घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङ, सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङ, घेदुङ कोषाध्यक्ष रुप योन्जान, संघीय सदस्य बिलाम मुक्तान, चन्द्र ग्यापक ९मुस्कान०, सशिकार लामा लगायत जनप्रतिनिधि, वडा अध्यक्ष, जिल्ला पदाधिकारी, स्थानीय घेदुङ प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राजनीतिक चेतना आवश्यकस् अध्यक्ष गोले
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायले सांस्कृतिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै अब राजनीतिक क्रान्ति आवश्यक भएको धारणा राख्नुभयो।
उहाँले भन्नुभयो,
“हामी अब डम्फू र नाचगानमा मात्र सीमित रहने होइनौं। घेदुङले सांस्कृतिक क्रान्ति गरिसकेको छ, अब विभेद अन्त्यका लागि राजनीतिक क्रान्ति सुरु गर्नुपर्छ।
आज हाम्रो पहिचान देश–विदेशका गल्ली–गल्लीमा झल्किएको छ, अब अधिकार प्राप्तिका लागि संगठित रूपमा अघि बढ्ने समय आएको छ।”
वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङले तामाङ समुदायलाई जागरूक बन्न आह्वान गर्दै परम्परागत सोचबाट माथि उठेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो,
“हामी सधैं खेतीपाती गर्ने र गोरु जोत्ने मात्र होइन, अब विचार र नेतृत्व पनि जोत्नुपर्छ। समुदायप्रति जिम्मेवार बन्दै हामी सबैले अग्रसर भूमिका खेल्नुपर्छ।”
सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङले नेपाल तामाङ घेदुङ सम्पूर्ण तामाङ समुदायको अधिकार संरक्षण गर्ने साझा संस्था भएको उल्लेख गर्दै शिक्षा, आर्थिक विकास र राजनीतिक चेतनामा समुदाय अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले भन्नुभयो, “हरेक घर शिक्षित भयो भने मात्र आगामी पुस्ताले सुख पाउँछ। त्यसका लागि हामीले राजनीति बुझ्नुपर्छ र संगठित रूपमा अघि बढ्नुपर्छ।” त्यसैगरी, पालिका प्रशासकीय प्रमुख बिवेक तामाङले समुदायको उत्थानका लागि जातीय भाषाहरूलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दै पठन–पाठन गराउनु आवश्यक रहेको बताउनुभयो। उहाँले यस कार्यका लागि सुनकोसी गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।
कार्यक्रममा अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बन्द सत्रबाट नयाँ नेतृत्व चयन अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डल अध्यक्ष रुप योन्जान, सदस्य बिलाम मुक्तान तथा निर्वाचन संयोजक चन्द्र ग्याबाकको नेतृत्वमा निर्वाचन प्रक्रिया सम्पन्न गरिएको थियो।

निर्वाचनबाट निम्न पदाधिकारीहरू सर्वसम्मत ९निर्विरोध० रूपमा चयन भएका छन्
अध्यक्ष ःतार बल
उपाध्यक्षःमहिलाईमा तामक
उपाध्यक्ष ःयमराज ग्याबक
सचिवः डम्बर सिं तामाङ
सह–सचिवः छिरिङ तामाङ
कोषाध्यक्षःकृष्ण तामाङ
सदस्यहरूः पदम बहादुर तामाङ, सुब्बा सिं तामाङ, हेम बहादुर भोम्जान, प्रेमकुमारी तामाङ, चित्र कुमार तामाङ, सीता तामाङ, प्रतिप तामाङ, मैया तामाङ, गोपाल बहादुर तामाङ, कल्पन तामाङ नवनिर्वाचित पदाधिकारीहरूलाई अधिवेशनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
अधिवेशनले तामाङ समुदायको पहिचान, अधिकार संरक्षण तथा समग्र विकासका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।

LEAVE A REPLY