प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने, तयारी सुरु

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ ।नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उहाँले भन्नुभयो, “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।” नेपाल वा छिमेकी मुलुकमा सरकार परिवर्तन भएपछि पहिलो भ्रमण छिमेकीलाई प्राथमिकता दिने परम्परागत कूटनीतिक चलन रही आएको छ । भारतको विदेश नीतिले पनि छिमेकीलाई पहिलो प्राथमिकता भने प्रस्ट उल्लेख गरेको छ । जस अनुसार भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक नेपालको लुिम्बनीको भ्रमण गर्नुभएको थियो । नेपालमा नवनियुक्त प्रधानमन्त्रीले पनि छिमेकी मुलुक भारत वा चीनको पहिलो भ्रमण गर्दै आउनुभएको विगतको परम्परा छ ।

LEAVE A REPLY