काठमाडौँ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् ।
शनिबार विज्ञप्ति जारी गरी पोखरेलले आफ्नो गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने उनले स्वीकार गरेका छन् । प्रधानाध्यापक मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।








