अक्षय तृतीयाको महत्व

—सुनकुमार अवाल
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयापर्वमा सातु र सर्वत दान एवं सेवन गरी मनाउने गरिन्छ। यो वर्षको अक्षय तृतिया पर्व केहि दिन अघि यसरी नैमनाएर विदा गरिएको छ ।
शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिप पोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ।
यो पर्वलाई अक्षय भनिन्छ। जसको अर्थ अमर हुनु हो। यस दिन जे गर्दा पनि फल मिल्छ ।अक्षय अर्थात् सदा कायम रहन्छ।
हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन्।जौको सातु , सर्वत पानी खाने र ख्वाउने गरिन्छ। यसो गर्दा सितलता कायम रहने र भर्म मिल्ने विश्वास रहीआएको छ ।
मानिसहरूले अक्षता चामलको दाना र भाँडाकुँडामा दान गर्छन्। यस दिन विवाह, गृहकार्य, नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्तहरू परेका हुन्छन् ।
यी मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्छन्।

LEAVE A REPLY