पाँच महिनामा सवा एक लाख विदेशी अध्यागमनको ट्रयाकिङमा

काठमाडौं । अध्यागमन विभागको आयोजनामा सरोकारवाला निकायहरुसँग छलफल गरि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको छ ।
छलफलमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा देशको सुरुक्षा र स्वयम् विदेशी नागरिकहरुको समेत सुरक्षाको लागि पनि यो प्रणालीमा आउँनु पर्ने छलफलमा उठेका थिए । छलफल कार्यक्रममा अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली एफ एन एम आई एस कार्यान्वयनको प्रगतिबारे पनि समीक्षा गरेको छ ।
हालसम्म होटल, ट्रेकिङ्ग एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार पाँच सय ४३ वटा सेवा प्रदायक संस्थाहरु त्यस प्रणालीमा आवद्ध भएको जनाएका छन् । जसमध्ये ९४ वटा होटल उक्त प्रणालीमा आवद्ध भएका छन् भने उक्त प्रणालीमार्फत् करिब एकलाख २५ हजार यात्रुहरुको अभिलेखाङ्कन भएका छन्। उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटलहरुमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकहरु संघ–संस्थाहरुमा लागू भएको छ ।
अध्यगमन विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको उद्देश्य विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुकमा पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।
छलफल कार्यक्रममा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोशिएसन नेपाल ९हान०, होटल व्यवसायी महासंघ, पर्यटक प्रहरी लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेका थिए ।
होटल व्यसायीहरु होटल संघ र एसोसिएसनहरुसँग नजोडिएका कारण –एफ एन एम आई एस०मा आवद्धता संख्या कम भएको विषय उठेका थिए । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी सचेतनाको कमी भएकोले आगामी दिनमा क्रमश यस सूचना प्रणालीमा जोड्दै जाने पनि छलफलमा उठेका थिए । साना होटल व्यवसायी यस सूचना प्रणालीमा आवद्ध हुन नसकेको जनाए । सबै स्तरका होटलहरुलाई समेत प्रणालीमा जोड्दै जाने र आगामी दिनमा प्रणालीमा आवद्ध भएका र नभएकाहरुलाई पनि सचेतनामूलक कार्याक्रममा सहभागी गराउने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भयो ।
महानिर्देशक तिवारीले विभागले सरोकारवाला निकायसँग समन्वय गरि अनुगमनमा तीव्रता समेत दिने निर्णय जनाउनु भयो । होटल लगायत अन्य प्रकृतिका सेवा प्रदायकहरुलाई प्रणालीमा आवद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । उक्त प्रणालीमा राष्ट्रिय सुरक्षाको विषय भएको र धेरै होटलहरु उक्त प्रणालीमा आवद्ध हुन आउनु पर्ने बताउनु भयो । आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटललाई प्रवाह हुने सेवासँग –एफ एन एम आई एस०मा आवद्ध गर्ने र उक्त प्रणालीमा आवद्ध भएका होटलहरुको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत आवद्ध होटल छनौंट गर्ने व्यवस्था लागू गर्ने लगायतका विकल्पहरुका बारेमा विभागले छलफल गरेको हो ।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागु
नेपालमा पहिलो पटक लागू गरिएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीका नेपाल पार्ट भित्रको महत्वपूर्ण मोडल हो । नेपाल पोर्ट प्रणालीमा विदेशी नागरिहकहरुको नेपाल आगमन पश्चात्को भीसा, नेपालबाट प्रस्थान हुँदाको विवरण अभिलेख हुन्छ । आगमन प्रस्चात् तथा प्रस्थान अघि विदेशी नागरिकहरुको नेपाल भित्रको भ्रमण एवं बसाइको विवरणलाई प्रणालीको माध्यमबाट व्यवस्थापन गर्नु पर्ने सन्दर्भमा विदेशी नागरिकहरुको नियमित गतिविधिसँग सम्बन्धित विवरणलाई व्यवस्थित रुपमा अभिलेख गर्ने सुविधा यस अघि थिएन ।
अध्यगमन प्रशासनले आवश्यक ठहर गरेको यस प्रकारको विवरण विभिन्न प्रयोजनका लागि विकास गरी प्रयोगमा ल्याउन लागेको हो । छलफलमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटल एसोशिएसन नेपाल ९हान०, होटल व्यवसायी महासंघ, पर्यटक प्रहरी लगायत सरोकारवाला निकायका सहभागी उच्च अधिकारीहरुले आ–आफ्नो तर्फबाट आगामी दिनमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गर्न सहयोग पु¥याउने धारण व्यक्त गरेका थिए ।
विभागका उपनिर्देश नरहरी घिमिरेले कार्यक्रम सकारात्मक रहेको बताउँदै छलफलमा उठाएका विषयहरु कार्यन्वयनमा जोडदिनुपर्ने बताएका थिए ।

LEAVE A REPLY