काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पीरती कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले बताए ।
आजको बैठकमा विभिन्न क्षेत्रबाट आएको ७०० भन्दा बढी उजुरी उपर छलफल हुने सचिव मगरले बताए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरी पार्टीमाथि विश्वासघात गरेको लगायतका विषयमा उजुरी परेको छ









