लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । बुधबार मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद पुनर्गठनका लागि सिफारिस गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषदमा पाँच जना नयाँ मन्त्री समावेश गरिएको छ
नयाँ मन्त्रीपरिषदमा नेकपा एमालेबाट चार जना र जनता समाजवादी पार्टी जसपाबाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको
पुनर्गठित मन्त्रिपरिषद अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नवानियुक्त्त मन्त्रीहरुको शपथ जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।

LEAVE A REPLY