बालेनको अभिव्यक्तिबारे रवि भन्दछन्– परराष्ट्रमन्त्रालयको प्रष्टीकरण नै आधिकारिक धारणा हो

२२ जेठ, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।
सरकार प्रमुखले दिएको अभिव्यक्ति विवादित भएपछि सरकारकै निकायबारे आधिकारिक जवाफ आएको भन्दै उनले आफ्नो छुट्टै धारणा भने दिएनन् ।
यस्ता विषयहरू पार्टीको विशेष नहुने पनि उनको भनाइ थियो ।
‘परराष्ट्र मामिलासँग सम्बन्धित विषय, परराष्ट्र सम्बन्धका विषय, कुनै देशसँगको सम्बन्धको विषय, परराष्ट्र नीतिजस्ता विषय त्यो पार्टी विशेष हुँदैन । देशको हुन्छ,’ लामिछानेले भने, ‘सरकारका प्रमुख प्रधानमन्त्री भएको हुनाले सरकारले त्यसको बारेमा परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्तिमार्फ जानकारी गराइसकेको छ । त्यो नै सरकारको धारणा हो ।’

LEAVE A REPLY