मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको रवि लामिछानेको भनाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्
पाँचदिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी दिएका हुन्।
‘भारतीय प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिसकेको छु। प्रधानमन्त्री र भाजपाका अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘आवश्यकताअनुसार विभिन्न राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने निरन्तर चलिरहन्छ। हेरौँ समयले कहिले जुराउँछ, दुवै तर्फको जुरेपछि हुन्छ।’

LEAVE A REPLY