अवको समय साहित्यक्षेत्रमै व्यतित गर्छुृ , मलाई साहित्य अनुरागीका रुपमा बुझि दिानुहोस सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छन् । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् ।
आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन उनले आग्रह गरिन् । उनले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको स्पष्ट पारिन् ।
आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाइन् । दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उनले जानकारी दिइन् । उक्त उपन्यास उनले सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याएकी हुन् ।
आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उनले ती कृतिहरू ल्याउने आफ्नो योजना रहेको बताइन् । कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो।

LEAVE A REPLY