अब नेपाल टेलिकमले हराएको वा विग्रेको सिमकार्र्ड अनलाइएनबाटै साटिदिने

काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड फिजियोकल वा ई—सिम हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले २०८३ साउन १ देखि नै यो सेवाको शुभारम्भ भएको हो ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई—सिम लिन चाहने सेवाग्राहीले लगइन गरी दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
सम्पूर्ण विवरण भरिसके पश्चात् ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ । यसका लागि आवश्यक रु ५० काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नुपर्नेछ । प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनीयता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो ।
लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो । यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई—सिम लिन, फिजिकल सिमलाई ईसिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाइसीअद्यावधिक गर्नका लागि आवश्यक केवाइसी पोर्टल समेत उपलब्ध छ ।

LEAVE A REPLY