यस्तो छ पर्यटक पर्खिरहेको पाँचथरको फालोट

पाँचथरको फालेलुङस्थित तीनसिमाना र फालोट क्षेत्रमा चैतको अन्तिममा हिउँ परेपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको छ।
सिक्किमका पर्यटक अनरुप लेप्चाले हिउँ परेको बेला यहाँ आउनुको अनुभव निकै फरक र आनन्ददायी भएको बताएका छन्।
होमस्टे सञ्चालक चन्द्रलाल नेपालले यस क्षेत्रमा चौँरी, रेडपाण्डा, हिमदृश्य र ऐतिहासिक महत्त्वका कारण पर्यटकका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्नुभयो। यी मध्ये एक थिए भारतको सिक्किमका अनरुप लेप्चा । छोरा र छोराका साथी लिएर घुम्न आएका उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म चार पल्ट यहाँ आए । यो पल्ट हिउँ पर्दाको फरक अनुभूति गर्न पाए ।
यो क्षेत्रमा चैतको अन्तिममा हिउँ परेको नौलो कुरा भएको स्थानीयको भनाई थियो । हिउँ पर्दामात्र होइन अन्य विभिन्न सिजनमा पनि यो क्षेत्रको दृश्य आकर्षक देखिन्छ ।
पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने यो ठाउँ भारतसँग सिमाना जोडिन्छ । बाटाभरी गुराँस फूलेका देखिन्थे । चौँरी गोठमा व्यस्तता सुरु भएको देखिन्थ्यो । पाँचथरको चारराते–फालोट–चिवाभञ्ज्याङ–तिम्बुङ पोखरी आकर्षक रुट रहेको छ । यो मध्ये फालोटपनि महत्पूर्ण छ । ‘सिजन अनुसार फरक दृश्यमा आनन्दीत हुन् सकिन्छ । सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण सहितको हिमदृष्य, स्थानीय सुन्दरता यहाँको महत्पूर्ण विशषता हो । यो ऐतिहासिक ठाउँपनि हो’ यहाँका होमस्टे सञ्चालक चन्द्रलाल नेपाल भन्छन्, ‘चौंरी यहाँको विशेषता हो भने तलको रेडपाण्डा पाइन्छ । बर्खामा हरियाली, हिउँदमा हिमाल, हिउँको अनुभूती गर्न सकिन्छ ।’
यहाँ आउनेले चौँरीको दुधबाट बनेको खिर, छुर्पी, चिज लगायतका स्थानीय परिकार चाख्न पाउने नेपालको भनाइ छ ।
सन्दकपुरभएर भारतको बाटो भएर गाडीमा यहाँ पुग्न सकिन्छ । पाँचथरको फिदिमबाट मेमेङ हुँदै गाडीमा सहजै पुगिन्छ । यहाँ बाईमा जानेको सङ्ख्या उलेख्य छ ।
सिक्किम भारतमा विलय हुनुपूर्व नेपाल, भारत र सिक्किम देशको सिमाना भएकाले तिनसिमाना नामाकरण गरिएको हो । अहिले पनि सिक्किम र वेष्ट बङ्गालको सिमानासँग जोडिन्छ। । नेपालतर्फ पदमार्ग बनाइएको रहेछ । पहाड आकर्षक देखिन्छन् । ससाना पहरा र ढुङ्गाको फरकफरक आकार ।
तीनसीमाना ३,५८६ मिटर उचाइमा रहेको यो स्थान प्राकृतिक सुन्दरताले धनी छ । सन्दकपुरबाट हरेक बर्ष भारतीय पर्यटक यहाँ पुग्ने गर्छन् । तर यहाँ उलेख्य पर्यटक आइसकेका छैनन् ।

LEAVE A REPLY