नेपाल लाइफले राख्यो, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

काठमाडौं।राजधानीको कमलादीमा कार्यलय खोली बीमा व्यबसाय गर्दै आर्एरेको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २५ वर्षको गौरवमय यात्रा सिल्भर जुबिली पूरा गर्ने क्रममा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गरी स्थापित गरेको उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्‍याउँदै रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। कम्पनीले यस उपलब्धिलाई नेपाली जीवन बीमा उद्योगकै पहिलो ऐतिहासिक सफलता भएको दाबी गरेको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पुर्‍याउने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीप्रति ग्राहकको विश्वास र सम्पूर्ण सरोकारवालाको साथकै कारण यो उपलब्धि सम्भव भएको उल्लेख गरे।
नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहककेन्द्रित सेवा विस्तार, नवीन बीमा योजना सञ्चालन, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमार्फत विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।

LEAVE A REPLY