वर्तमान सरकारर्ले विश्वासिलो आधार देखाउन नसक्दा जनतामा निराशा बढ्दै गएको छः कुलमान घिसिड.

२ साउन, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिकमात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।
नराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उहाले पूर्ण रूपमा नभए पनि केहि हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे ।
दुई तिहाइ नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनले बताए । ‘हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने हो । तर, अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएको छैन,’ उनले भने ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चूनौतिको सामना गर्न पनि तयार रहेको बताए । यसअघि रास्वपासँग एकीकरण गरेर ठूलो गल्ती भएको बताउँदै उनले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे ।
‘अहिले बर्षा चलिरहेको छ । यो मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गरेर जान्छौं,’ उनले भने, ‘हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम गर्ने हाम्रो योजना छ ।’
अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको संघको चुनावमा उज्यालो नेपालबाहेक जनताले अरु कुनै पार्टी नरोज्ने उनको दाबी छ ।

LEAVE A REPLY