इरानले गर्यो, जोर्डनमा ब्यालिस्टिक मिसाइल हमला

काठमाडौँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले ब्यालिस्टिक मिसाइल हमला गर्दा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने एकजना अमेकिी सैनिक बेपत्ता भएका छन् ।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार अमेरिका र इरानबीच युद्ध पुनः सुरु भएको दुई सातायता अमेरिकी सैनिक मारिएको यो पहिलो घटना हो। मुवाफ्फाक सल्टी एयर बेसमा आक्रमण अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार इरानले जोर्डनको मुवाफ्फाक सल्टी एयर बेसलाई लक्षित गरी कम्तीमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त हवाई अड्डामा अमेरिकी सैनिक र अत्याधुनिक लडाकु विमानहरू तैनाथ छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मिसाइल प्रहारपछि सैन्य अड्डा आसपासको क्षेत्रबाट ठूलो धुवाँको मुस्लो उडेको देखिएको छ।सेन्टकमले दुई सैनिकको मृत्यु भएको पुष्टि गर्दै घाइते भएका चार सैनिकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको जनाएको छ। यद्यपि, उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।
यस घटनासँगै हालसम्म युद्धमा मृत्यु हुने अमेरिकी सैनिकको कुल संख्या १६ पुगेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाद्वारा इरानमाथि जवाफी हवाई आक्रमण सैनिक मारिएलगत्तै अमेरिकाले शनिबार साँझ नै इरानमाथि अर्को चरणको कडा जवाफी हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो आक्रमण इरानको सैन्य क्षमतालाई कमजोर पार्न र आफ्ना सैनिकमाथिको आक्रमणको बदला लिन गरिएको हो। अमेरिकी अधिकारीहरूले भनेका छन्ः“यी आक्रमणहरू इरानको स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जल यातायातलाई धम्की दिने क्षमता कमजोर पार्न र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स का बलहरूलाई द्रुत सजाय दिनका लागि गरिएको हो।
सुरक्षा प्रणालीमा कमजोरीको चिन्ता पछिल्लो एक सातामा जोर्डनस्थित अमेरिकी अड्डाहरूमा इरानले चारपटक मिसाइल प्रहार गरिसकेको छ। ती आक्रमणहरूमा दर्जनौं अमेरिकी सैनिक घाइते हुनुका साथै केही अमेरिकी हेलिकप्टर समेत नष्ट भएको एक उच्च अधिकारीले जानकारी दिएका छन्। ती अधिकारीले इरानले जोर्डनमा अमेरिकी हवाई सुरक्षा प्रणालीका कमजोरीहरूको फाइदा उठाउन सफल भएको हुनसक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।द्वन्द्व थप चर्किने खतरा, मध्यस्थता असफलअमेरिकी सैनिककै मृत्यु भएपछि अमेरिका र इरानबीचको प्रत्यक्ष द्वन्द्व अझै भयानक रूपमा बढ्ने खतरा पैदा भएको छ। गएको एक साताअघिको बुधबारदेखि दुई देशबीच पुनः हानाहान सुरु भएको थियो। हाल कतार र पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गरी स्थिति शान्त पार्ने प्रयास गरिरहेको भए पनि वार्ता अगाडि बढ्न सकेको छैन।

LEAVE A REPLY