गोली प्रहार गरी लागूऔषध बरामद

काठमाडौं । काठमाडौंको कुलेश्वरमा दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउपश्चात उनीहरुको साथबाट ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद गरिएको हो ।
गोली प्रहारबाट भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ । सो घटनाबारे विस्तृत विवरण आउनै बाँकी छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीयनागरिक छन् ।

LEAVE A REPLY