अव एनएमबि बैंकमा नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग सँग नागरिक एप इन्टिग्रेसनका लागि सहकार्य सम्झौता गरेको छ यस संगै अव सो बैकमा नागरिक एप बाट खाता खोल्न सकिने भएको हो । । यसबाट व्यक्तिगत विवरण पटक–पटक हातैले प्रविष्ट गर्नुपर्ने आवश्यकता हट्ने, कागजी प्रक्रिया घट्ने तथा बैंकिङ सेवा अझ छरितो हुने बैंकको विश्वास रहेको छ ।
बैंकका अनुसार ग्राहकको गोपनीयता र व्यक्तिगत सूचनाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न सक्नेछैन। प्राप्त जानकारी पनि सम्बन्धित सेवा प्रदान गर्न आवश्यकप्रयोजनमामात्रप्रयोगगरिनेजनाइएको छ।
एनएमबि बैंकले देशको विकास हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधार को उपयोग गर्दै बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र झन्झटरहित बनाउने आफ्नो प्रयासमा यो सहकार्य महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

LEAVE A REPLY