बाढी र डुबानको सन्त्रासमा काठमाण्डौ उपत्यका बासी

काठमाडौँ, असार ८ गते । वर्षा सुरु भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरवासी सहरी बाढीबाट प्रताडित हुने गरेको यर्थाथता कुनै नौलो हाइन। जबजब वर्षायाम सुरु हुन्छ तब तब उपत्यका बासीमा सन्त्रास उत्न्न हुनु नियति नै बनेको छ । वर्षायाममा परेको पानीको निकास नहुँदा सहरी क्षेत्र नै डुबानमा पर्ने गरेको छ। विज्ञका अनुसार बागमती नदी र अन्य सहायक खोलाको बहाब क्षेत्र मिचेर संरचना निर्माण भएपछि एक दशकभन्दा बढी समयदेखि आसपासका बस्ती डुबानमा पर्ने गरेका हुन् ।
बागमती नदीसहित अन्य सहायक खोला किनारका बस्तीका नागरिकलाई सरकारले स्थानान्तरण गरिसकेको छ तर विभिन्न स्थानमा नदी, खोलामाथि अतिक्रमण कायम रहँदा वर्षायाममा पानी परेपछि सिधै खोलामा मिसिँदा ‘सहरी बाढी’ ले वितण्डा मच्चाउने गरेको हो । दुई दशकअघिसम्म काठमाडौँ उपत्यकामा खेतीले सोस्ने पानी अहिले सिधैँ खोलामा पुग्छ जतातै ढलान र पीच हुदा पानी जमिनमा सोस्न पाउदैन तयसैका कारण यस क्षेकत्रका पनीका मुलहरु समेत सुख्खा मौसममा सुक्ने गरेका छन् । पानीको निकास राम्रो नहुदा सडक जलमग्न हुन्छन् ।
काठमाडौँका नदी किनार मात्रै होइन, माइतीघर मण्डलासहित विभिन्न क्षेत्र डुबानमा पर्ने गरेका छन् । बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, गोदावरीसहित सबै खोला किनारआसपासका बस्ती जलमग्न भए तर यो समस्या अहिल्यै सृजित होइन । विज्ञका अनुसार तीन दशकयता भूमाफियाको अतिक्रमणमा खोला किनार पर्नु र अव्यवस्थित बस्ती विस्तार नै सहरी बाढी र डुबानका मुख्य कारण हुन् ।
पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीका अनुसार खेती हुने जग्गा मासेर अव्यवस्थित रूपमा घर निर्माण भएपछि बाढीको जोखिम सुरु भएको हो । उहाँले परेको पानीमध्ये कति प्रतिशत बग्यो र कति जमिनमा सोसिएर भूमिगत पानीको स्रोतसँग मिल्यो भन्ने विषय महìवपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “खोलै छोपेर भौतिक संरचना निर्माण गरिएको छ । उदाहरणका लागि च्यासलस्थित भवन र नजिकैको पुल हेरे पुग्छ । बागमती नदीका धेरै स्थानलाई दुईतर्फ पर्खाल बनाएर छेकिएको छ । सुधारका काम धेरै गर्नुपर्ने छ ।”उपत्कामा डुवान हुने अर्कोकारण चोभारमा ढुंगा थुप्रिएर नदी बहावमा बाधा पुग्नु पनि हो ।

LEAVE A REPLY