सहमति बिना गीत—संगीत बिगार्ने एआई विरुद्ध उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता एआई मार्फत सहमति बिना डिजिटल माध्यममा प्रयोग गरिएका गीत—संगीतविरुद्ध उजुरी दिन आग्रह गरेको छ ।
समाजले विहिबार सूचना जारी गर्दै गीत—संगीतको क्याटालग दर्ता र अद्यावधिक गर्न पनि भनेको छ । कार्यकारी अधिकृत सागर पाण्डेले सूचना जारी गर्दै औपचारिकरुपमा लिखित उजुरी दिन आग्रह गरेका हुन् ।
‘पछिल्लो समय विना सहमति एआईबाट गीत बनाएर इन्टरनेटमा हालिएको घटनामा मौखिक गुनासा धेरै आएका छन्’ पाण्डेले भने, ‘केहीले साइबर ब्यूरोमा उजुरी दिनुभएको छ । तर, हामीकहाँ लिखित उजुरी आउन सकेको खण्डमा त्यस्ता गीतविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा चलाउनेदेखि डिजिटल प्लाटफर्मबाटै हटाउनेतर्फ पहल हुनसक्छ ।’
उजुरी आएपछि कपिराइट दाबी गर्न र हटाउन सकिने उनी बताउँछन् । ‘हामीले अफिसियल कम्प्लेन मागेका हौं’ पाण्डे भन्छन्, ‘हामीले गीतकार रसर्जकतर्फबाट काम गर्न खोजेका हौं ।’

LEAVE A REPLY