दीपाश्री डिस्चार्ज, ४० काटेपछि मस्तिष्कको अवस्था परीक्षण गर्न सुझाव

काठमाण्डौ,अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला १८ दिनको उपचारपछि बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
ब्रेन ट्यूमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेकी निरौलाले आफूलाई साथ दिने सम्पूर्ण शुभेच्छुक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेकी छन् ।
दीपकराज गिरीले ४० वर्ष उमेर पूरा भएपछि सबैलाई एकपटक अनिवार्य रूपमा मस्तिष्कको अवस्था परीक्षण गर्न दीपाश्रीको तर्फबाट अनुरोध गरेका छन् ।
फिल्मी यात्रामा सकार्य गदै आएका फिल्मकर्मी दीपकराज गिरीले अस्पताल बसाइको १८ दिनपछि दीपाश्री डिस्चार्ज भएको जनाएका छन् । फेसबुकमा दीपाश्रीको मुस्कानसहितको ताजा तस्वीर पोस्ट गर्दै उनले ४० काटेपछि एकपटक मस्तिष्कको अवस्था परीक्षण गर्न सबैलाई अनुरोध गरेका छन् ।
सम्पूर्ण शुभेच्छुकहरू, उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरू अस्पतालमा आएर उहाँलाइ आशीर्बाद प्रदान गर्नु हुने सम्पूर्ण महानुभावलाई धन्यबाद दिँदै , ४० काटेपछि एकपल्ट मस्तिस्कको अवस्था परिक्षण गर्नुहुन सबैलाइ अनुरोध गर्नु भएको छ । जय पशुपतिनाथ’

LEAVE A REPLY