काठमाडौं । रास्वपाका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको गृहमन्त्री पद फेरी धरापमा पर्ने सम्भावना देखिदै छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले रविमाथि लागेको सहकारी ठगीको आरोपप्रति छानबिन हुनुपर्ने अडान कायम राखेपछि र गृहमन्त्री बारे प्रधानमन्त्रीको दाबी झुटो सावित भएपछि पद धरापमा पर्ने देखिएको हो ।
गत चैत्र ६ गते प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा गृहमन्त्रीको कतैबाट पनि कुनै दोष नदेखिएको दावी गरेका थिए । तर त्यसको महिना दिन बित्दा नबित्दै रवि लामिछाने भन्ने नामबाट बुटवलको सहकारीबाट दुई करोड रुपैयाँ झिकिएको देखियो । एउटै सहकारीबाट एकै व्यक्तिले यति धेरै रकम झिकेपछि सो रकम झिक्ने मन्त्री रवि लामिछाने नै हुन की अरु कुनै लामिछाने हुन भन्नेमा प्रहरी प्रष्ट हुन सकेन । यसले गृहमन्त्री लामिछाने माथि थप प्रश्नहरु उब्जिएका छन् । प्रहरीले थप अनुसन्धान नै रोकेपछि सहकारीबाट त्यति धेरै रकम झिक्ने मन्त्री रवि नै हुन भन्ने अडकल काट्न थालिएको छ । अब रवि लामिछानेले रकम झिकेको सबैतिरबाट साँचो सावित भएमा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हुन्छ । प्रतिपक्षीको अर्जुन दृष्टि पनि त्यसैमा छ । त्यसैकारण उनको गृहमन्त्री पद धरापमा पर्ने सम्भावना देखिएको
हो । प्रहरीले अदालतमा पेश गर्न तयार पारेको प्रतिवेदनमा नाम उल्लेखित भएका व्यक्ति रवि लामिछाने नै भएको ठहर भएमा कानूनतः उनी ६ वर्ष कैद बस्नुपर्ने हुन्छ । राजनीतिक पहुँच र शक्तिका आधारमा अर्कै रवि लामिछाने९कृतिम लामिछाने० खडा गरे भने अलग कुरा हो, होइन भने कानूको दायरामा आउनै पर्ने हुन्छ ।
मन्त्री रवि लामिछानेलाई यस अघि गृहमन्त्री हुँदा नागरिकता काण्ड लागेको थियो । उनले अमेरिकी नागरिकता त्यागेर नेपाल आए पनि पुनः नेपाली नागरिकता पाउँ भनेर जिप्रकामा निवेदन नदिई पुरानै नागरिकताको आधारमा चुनाव लडेर गृहमन्त्री भएका थिए तर नेपालको कानूनले रविलाई विदेशी नागरिक नै भएको प्रमाणित गरेपछि कानून रविको गृहमन्त्री पद स्वतः खारेज गरेको थियो ।
रविले आफू निस्कलंक नभई कुनै मन्त्री नहुने वा पद धारण गर्ने रहर राख्दा जनमतको सही कदर हुन नसकेको आम नेपालीको बुझाई
थियो । अबका दिनमा रवि लगायत अन्य व्यक्तिले आफ्नो छविलाई स्वच्छ र सफा बनाएर मात्र राजनीतिमा होमिन पर्ने कुराको ज्ञान अहिले सम्मका घटनाले दिएको छ ।
त्यसो त अहिले वर्तमान गठबन्धन नै कमजोर हुन थालेको देखिँदैछ । दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा बनेको नयाँ सत्ता समिकरणमा सहभागी नेकपा एस, जसपा लगायतका दलहरु नयाँ गठबन्धनबाट बाहिरी सकेका छन् । यही क्रम जारी रहेमा सरकार नै ढल्न सक्ने खतरा पनि देखिदैछ । प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले इलामी उपनिर्वाचन सभालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले २०८१ सालको माघ नकटाउने दाबी गरेको छ । यो दावी पुरा भएमा गृहमन्त्री मात्र होइन सरकार नै ढल्न सक्ने सम्भावना छ ।

LEAVE A REPLY