मधेश प्र्देशमा राजनीतिक तरंग

काठमाडौँ। मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट नयाँ सरकारले ल्याउने योजना सहित बदलिएको सत्ता राजनीतिको नयाँ सत्ता समीकरणको निर्माण गरिदिएको छ ।
आइतबार माओवादी केन्द्र र नेकपा एमालेले एका एक मधेश प्रदेश सरकारबाट मन्त्रीहरुलाई राजीनामा गराई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशमा राजनीतिक तरङ्ग आएको हो ।
सत्ता गठबन्धमा रहेका दलहरुबाट चालिएको पछिल्लोकदमले उपेन्द्र यादवलाई मात्र धक्का पुगेको छैन । यसले सत्ता गठबन्धमा रहेको अर्को घटक नेकपा एकीकृत समाजवादीलाई समेत चुनौति खडा गरिदिएको छ ।
एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मधेश सरकारका मुख्यमन्त्री अल्पमतमा पर्नु भएको छ । जसपा नेपालबाट मुख्यमन्त्री रहनु भएका सरोज यादव अल्पमतमा परेका छन्। मधेश प्रदेशमा एमालेले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु गरेको छ । जहाँ संघीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई सहभागी गराइएको छैन ।
उक्त गठबन्धमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपा मात्र रहेका छन् । यी चार दलहरुसँग नयाँ सरकार गठनको लागि पर्याप्त बहुमत रहेको छ ।

मधेशमा माधब नेपालको दललाई नयाँ समीकरणमा समावेश नगर्नुले भने वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादी पाटीमा थप दवाव सृजना भएको छ । जसले उपेन्द्र सँग मधेशमा माधव नेपाल एक्लिने आशंकालाई बल पुर्याएको छ । त्यसो तएमाले र माओवादीले मधेश सरकार छाडेपनि नेकपा एसले समर्थन कायमै राखेको छ ।

LEAVE A REPLY