काठमाडौं। नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका शिर्ष नेता र राष्ट्रपति रामचन्द्र पौड्ल सँग गरेको भेट वार्ता पछि संसद खुलाउनेबारेमा कांग्रेस लचिलो देखिएको बुझिएको छ । त्यसैले संसमा अवरोध नआउने संकेत देखिएको हो ।
संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।
।








