काठमाडौँ ।अहिले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवालेराखेकोसंसदीय दल कार्यसमितिकोबैठकको कार्य तालिकाअनुसार
संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको काँग्रेसले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ ।
तर आज सकारले आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकाले सोको लागि संसद्मा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको बैठकले निर्णय लिनेछ । प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा काँग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिने बताए ।








