फिल्म चपलीहाई ३ एप मार्फत विश्वभर हेर्न सकिने

 

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो । विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन् ।
निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौलालगायतको अभिनय छ । सस्पेन्स–थ्रिलर जनरामा बनेको फिल्मका निर्माता अर्जुन कुमार हुन् । यो फिल्म ‘चपली हाइट’को तेस्रो श्रृङ्खला हो ।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ जस्ता फिल्म रिलिज भइसकेका छन् । यो एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।
‘चपली हाइट ३’ हेर्न दुई सय रुपैंयाँ तिर्नु पर्ने छ ।यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ ।

LEAVE A REPLY