काठमाडौं । नबिल बैंकको सञ्चालक समिति बैठकले नबिल बैंकको कार्यभार २ वर्षका लागि ढुंगानाकै काँधमा हाली दिएको छ । जेष्ठ २ मा बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई १७ असार देखि लागु हुने गरी २ वर्ष म्याद थप गरी पुनः नियुत्तिः गरेको हो ।
नेपाल राष्ट्र बैंक लगायतका विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वको प्रभावकारी भूमिकामा री २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुली सक्नु भएका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप २ वर्षका लागि पुनः बहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गर्नुभएका ढुंगाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्व राख्ने प्रमुख कार्यकारी अधिकृतका रुपमा परिचित
हुनुहुन्छ । उहाँलाई सुदामा परिवार सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।









