कामको शिलशिलामा लाखौं युवा विदेशिए

काठमाडौं । नेपालका युवा रोजगारीका लागि विदेश जानको संख्या दिनदिनै बढ्दै गएको छ । स्वदेशमा काम नपाउँदा विदेशीनेभन्दा अर्को विकल्प पनि छैन । देशमा बेरोजगारीको समस्या भयावह बन्दै गएको छ । बेरोजगारी समस्या बढ्दै जाँदा रोजगारी खोज्दै एक वर्षमा ८ लाख बढी नेपाली विदेशीन बाध्य भएका छन् । पटक पटक सरकारी नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधान गर्ने विषय जोडतोडका साथ उठाउने गरे पनि व्यवहारमा भने त्यो देखिन सकेको छैन ।
अध्यागमन विभागका अनुसार २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभन्न देश गएका छन् । यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला रहेका छन् । अहिले पनि एयरपोर्टबाट दैनिक सयौ नागरिकहरु विदेशिने क्रम जारी छ । उनीहरु स्वदेशमा काम नपाएर बाध्य भएर विदेशिनु परेको बताउँछन्
अध्यागमन विभागका अनुसार एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या १६ लाख २१ हजार ५ सय ६६ रहेको छ ।
यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८हजार ३ सय ९३ रहेको छ । यसैगरी अध्ययनको लागि एक वर्षमा १ लाख ११ हजार २ सय ८९, घुमघाम एवं तीर्थयात्राका लागि २ लाख १२ हजार ३ सय ६०, स्वास्थ्य परिक्षणको लागि २० हजार ५ सय ३ र परिवारका सदस्यलाई भेट्न १ लाख ६३ हजार ३ सय ८ जना, व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ९ रहेका छन् ।
यसरी विभिन्न कामको लागि विदेशिनको संख्या दिनदिनै बढ्दै गइरहेको छ । ऋण लिएर विदेशिनेको संख्या पनि दिनदिनै थपिदै छ ।
यसरी विभिन्न काममा विदेशिनु त ठीकै हो तर रोजगारीकै लागि विदेशिनु भने दुःख लाग्दो कुरा हो ।

LEAVE A REPLY