जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनको कार्यकक्षबाटै गिरफ्तारी गरेर हिरासतमा राखी म्याद थपिथपि अनुसन्धान गरिरहेको छ । दुई वटा नागरिकता बनाएको आरोपमा पक्राउ परेका कैलाश सिरोहिताका बारेमा विभिन्न टिका टिप्पणी भईरहेका छन् । एउटा जमात भन्छ कैलाश सिरोहियालाई हिरासत मुक्त गर्नुपर्छ र हिरासतमा नराखीकनै पनि छानबिन गर्न सकिन्छ । सिरोहियाको गिरफ्तारी प्रेसमाथिको ठाडो आक्रमण हो । स्वतन्त्र प्रेसलाई यसरी पक्राउ गर्न पाइदैन । अर्काे पक्ष(अदालत) भन्छ ‘नागरिकता जस्तो संवेदनशील विषयलाई हल्का रुपमा लिइनु हुँदैन । हिरासतमै राखेर अनुसन्धान र छानबिन गरिन पर्छ । दोषी ठहर भए कानून अनुसार सजायको भागीदार बन्नुपर्छ । न्याय र कानूनमा ठूलो र सानो भन्ने हुँदैन । चाहे मिडिया मालिक होस्, प्रधानन्यायधीश र राष्ट्र प्रमुख नै किन नहोस् । उ कानून र कालमाथिको हुन सक्दैन । त्यसैले कैलाश सिरोहियालाई गिरफ्तारीमा पर्नु ठीक हो । अपराधमा प्रेस जोडेर अपराधको बचाउ गर्नु हुँदैन । दोषी प्रमाणित भए कानूनी कारवाही गर्नुपर्छ । वास्तवमा भन्ने हो भने ठूला मिडियाको मालिक भएकै नाताले पक्राउ गरी अनुसन्धान गर्न नहुने होइन । गल्ती गर्छ र ठहर्छ भने जो सुकैलाई पनि कारवाही र सजायको भागीदार बनाउनै पर्छ । अहिले कैलाश सिरोहिया प्रकरणमा पनि छानविन भईरहेकै छ । छानविन र अनुसन्धानले दोषी प्रमाणित गरे कारवाही हुनुपर्छ । प्रेस÷पत्रकार भनेर छुट दिइयो भने त्यस्तै केसमा जेलपर्नेहरु अन्यायमा पर्न सक्छ । रोशन दाहाल, भोजपुर

LEAVE A REPLY