राजदूतहरु फिर्ताबोलाउने सरकारको निर्णय गलत

 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरू फिर्ता बोलाउने सरकारले गरेको निर्णय गलत भएको बताएका छन् । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको उनको भनाइ छ ।

उनले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको आरोप लगाए । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको उल्लेख गरे ।

‘जुनसुक सरकार भएपनि देशको हितका लागि उनीहरुले काम गरिरहेको बताउँदै सरकारले गरेको यस्तो निर्णयले नेपालको हित नहुने समेत बताए । प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सरकारले त्यस्तो निर्णय गर्नु झनै उचित नभएको भन्दै सरकारको आलोचना गरे ।

LEAVE A REPLY