सांसदलाई पैसा वितरण गर्ने निर्णय विरुद्धमा सर्वोच्मा रिट

काठमाडौं । मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोषकुमार साह रआबिद हुसैनले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई एक करोड ५० लाखको योजना दिने निर्णय गरेको थियो । त्यसलाई चुनौती दिँदै उनीहरुले मंगलबार रिट दायर गरका हुन् ।

रिटमा आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले गरेको अन्तरिम आदेशलाई पनि उल्लेख गर्दै उनीहरुले मधेस सरकारको निर्णय रोक्न माग गरेका छन् ।
सर्वोच्चले पूर्वाधार विकास कार्यक्रमले जनप्रतिनिधिहरूको व्यक्तिगत तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यता अनुकूल नभएको भन्दै रोक लगाएको थियो । तर मधेश प्रदेशले सर्वोच्चको निर्णय विपरित निर्णय गरेपछि मधेश प्रदेश सरकारको निर्णयको आलोचना भएको छ ।

LEAVE A REPLY