सर्वोच्चले अघि बढायो मुद्दा फछ्र्योटको नीति

काठमाडौं । सर्वोच्च अदालतले ‘हाइप्रोफाइल’ भ्रष्टाचारका विचारधीन मुद्दा धमाधम फछ्र्यौट गर्ने नीति अघि बढाएको छ । सोही नीति अनुसार यो साता निरन्तर ३ वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुईवटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अभियानफाँट अन्तरगतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुंगिएर विचाराधिन रहेको मुद्दाको फछ्र्यौटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेको हो । सर्वोच्चले २०६० साल यताका दर्ता भएका भ्रष्टाचारका मुद्दाहरुमा अन्तिम किनारा लगाउन फछ्र्यौटको कार्य अघि बढाएको
हो ।
यसअघि सर्वोच्चले पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दालाई निर्णय सुनाउने मिति तोकेको छ भने पूर्व सहसचिव सावित्री राजभण्डारीको मुद्दामा फैसला गरेको छ । त्यस्तै पूर्व सचिव चक्रबन्धु अर्यालको मुद्दालाई पनि निर्णय सुनाउने मिति अदालतले तोकेको छ । सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार अर्यालको मुद्दामा असार १० गते फैसलाको मिति तोकेको छ । त्यस्तै सर्वोच्चले पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको
छ । त्यस्तै पूर्वमन्त्री जोशीको मुद्दामा साउन १३ मा फैसला हुने जनाएको छ । त्यस्तै पूर्व सहसचिव अरुणकुमार रञ्जितकारको मुद्दामा पनि सुनुवाई सकेको छ ।

LEAVE A REPLY