एक दिन बन्यो प्रतिनिधि सभा रोचक

काठमाडौं । संसदमा पनि बेला बेला रोचकक दृश्य देखिन्छ । त्यस्तै दृश्य केही दिन अघि प्रतिनिधि सभाको बैठकमा देखियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको बैठकमा बजेट सम्बन्धी आफ्नो धारणा राख्ने क्रममा अर्थमन्त्री हुनुपर्ने माग राख्दै अर्थमन्त्री वर्षमान पुन नआउदासम्म संसद स्थगित गर्न माग राखे । तर अर्थमन्त्री पुन तत्काल बैठकमा उपस्थित हुने अवस्था थिएन । बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभाको बैठकमा गएको जानकारी गराइन । तर
यसले पनि अध्यक्ष लिङदेनले चित्त बुझाएनन् । उपसभामुख रानाले आफ्ना धारणा अघि बढाउन सुझाव दिइन तर लिङदेनले आफ्नो धारणा अर्थमन्त्रीलाई सुनाउन चाहेको स्पष्ट पारे । उपसभामुख रानाले माननीयज्यू अघि बढौं मन्त्रीज्यू आउदै हुनुहुन्छ भनिन् । लिङदेनले आफुले पाएको थोरै समय अर्थमन्त्री नआउदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने अडान राखें तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने अडान राखिन् । यसरी लिङदेन र रानाबीच सवाल–जवाफ भइरहदा एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ति गर्दै रोष्टममा बोल्न गए पछि सरासर बोल्नुपर्ने तर दोहोरी खेल्न नपाइने बताए । त्यसको लगत्तै राप्रपा सांसदहरु पनि प्रतिवाद गर्दै आआफ्नो ठाउमा उठे । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्रीको उपस्थितिमा आफ्ना धारणा राख्न खोज्नु स्वभाविक रहेको बताए । त्यति बेलै सभामुखको आसनमा सभामुख देवराज घिमिरे बसिसक्नु भएको थियो । र सभामुख घिमिरेले लिङदेनलाई आसनमा बस्न आग्रह गर्दै १५ मिनेटका लागि बैठक स्थगित गर्नु गरे । त्यसो त प्रतिनिधि सभामा बजेटको छलफलमा सांसदहरुको उपस्थितिको संख्या न्यून हुने गरेको छ । सांसदहरु आफु बोल्ने बाहिरिने गरिरहेको देखिन्छ ।

LEAVE A REPLY