काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौबाट ६ किलो सुन र ४८ लाख नगदसहितसहित एक जना चिनियाँ नागरिक प्रहरी फन्दामा परेकोछ । छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् ।
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् । त्यस्तै सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ । कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट भेपमार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ ।
सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ । तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीमै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमध्ये दुई जना दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । बाँकी ११ जना सीआईबीको हिरासतमा छन् । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् ।







