अब मेलम्चीको पानी काठमाण्डौ कहिले आउला ?

काठमाडौं।मेलम्चीको पानी आजबाट काठमाडौं पठाउन रोकिएको छ।यसकार्य सँगै अब मेलम्चीको पानी कहिले काठमाण्डौ आउला भनेर काठमाण्डौ बासीहरु जीज्ञासा लिन थालेका छन्।
वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ।

मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो।
काठमाडौंमा हाल अस्थायी तवरले पानी पथान्तरण गरिँदै आएको छ। २०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र हेडवर्क्स सहित तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको छ।
मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ। पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो।

LEAVE A REPLY