देवकोटाको रिट प्रति सर्वत्र चासो

 

काठमाडौं । माओवादी केन्द्रको कारबारही विरूद्व गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेर सांसद बनेका नेकपा समाजवादी पार्टीका देवकोटाले माओवादीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
मन्त्रिसमेत नियुक्त भएका देवकोटा माओवादीको कारबाहीपछि पदमुक्त भएका थिए । देवकोटाले आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा गण्डकीका सभामुखले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन ।देवकोटाको रिट पछि सर्वोच्ले के गर्ला उनको रिटलाई लाई भनेर सर्वत्र चासो रहेको छ ।

 

LEAVE A REPLY