एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परिक्षा दिन पाउने

काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षाएसईईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय भएको छ ।
शुक्रबार बसेको शिक्षामन्त्री स्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको छ ।
परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् तर यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरिएको छ ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ ।

LEAVE A REPLY