आलोकनगरमा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी कोदशौंमहाधीवसन पछिको पहिलो केन्द्रीय कमिटी बैठक बसीरहेको छ
बैठकमा दशौं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र प्रदान गरेका छन् । यस्तै, आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समासामियक बिषयमा छलफल हुने नेता जीवनराम श्रेष्ठले बताए । हालै सकिएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो । तर बाँकी पदाधिकारीमा नेताहरु धेरै आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सम्मन्न गराइएको थियो । नेकपा एसमा २९९ र २१ पदाधिकारी चहुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २०६ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ ।

LEAVE A REPLY