सप्तकोशीमा ३४ वटा ढोका खोलिए

धरान, सुनसरी ।सप्तकोसी नदीको जलसतह बढेर यस वर्षकै सबैभन्दा उच्च भएपछि कोशी व्यारेजका ३४ वटा ढोका खोलेर पानीको निकाश दिईएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेकोनियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

LEAVE A REPLY