नयाँ सरकार गठन बारे राष्टपति अन्यौलमा

काठमाडौँ । राजनीतिक दलहरूबीच अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ अन्तर्गत भनेर बहस चलिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अन्यौल प्रकट गरेका छन्
गृहजिल्ला तनहुँको एक टोलीसँगको बुधबार शीतल निवासमा भएको अनौपचारिक भेटघाटमा राष्ट्रपति पौडेलले संविधानको कुन धाराअन्तर्गत नयाँ सरकार गठन हुन्छ भन्नेबारे अन्यौल व्यक्त गरेको एक सहभागीले बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि नयाँ प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिको चासो रहेको छ । शीर्ष नेताहरूसँग आफ्नो संवाद हुन नसकेका कारण अब विश्वासको मतको प्रक्रिया सकिएपछि नै त्यसबारे छलफल हुने भनाई उनको छ।
भेटका सहभागीका अनुसार राष्ट्रपतिले शीर्ष नेताहरूसँग संवाद गर्न खोजेका छन् । यद्यपि काँग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र विश्वासको मत पाइसकेको र यसबीचमा चौथोपटक विश्वासको मत लिन लागेकाले अब धारा ७६ को उपधारा ३ आकर्षित नहुने बताएका छन् ।
धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिन नसक्दा मात्र उपधारा ३ बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । तर, यसपटक प्रधानमन्त्रीले धारा ७६ को उपधारा ४ बमोजिम नभएर धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

LEAVE A REPLY