प्रधान न्त्रीको उथल पुथल शव्द लाई आजबाट उनीमाथी आएको पहिरोले बगाउने छ ः सचिव योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई बोल्ड जवाफ दिएका छ्न् । प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद बैकमा कांग्रेस र एमालेलाई कम्जोर सोचेर धम्कीको शैलीमा जवाफ दिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको वेट शून्य रहेको बताए । उनले चौथो पटकसम्म उथलपुथल गर्दै प्रधानमन्त्रीमाथि पहिरो आएको बताएका छन् । प्रधानमन्त्रीको उथलपुथल शब्दलाई आजबाट पहिरोले बगाउने उनको भनाइ छ ।

सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्ड संसद बैठकमा बेहोसमा जवाफ दिएको बताए । नेता भट्टराईले देशभित्रको समस्या समाधान गर्न छोडेर विश्वासको मतका बारेमा मात्र संसदमा दैनिक छलफल गर्नुपर्ने, राजनीतिक संस्कारमा समेत प्रधानमन्त्रीले असर पु¥याएपछि एमाले र कांग्रेसको सरकार बनाउनुपर्ने बाध्यता आएको उनले बताए । देशलाई राजनीतिक स्थायित्व दिन एमाले कांग्रेससँग मिलेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली लक्षित घोचपेच गर्दै स्वर्ग र नर्कको कुरा गरेपछि सचिव भट्टराईले स्वर्ग सबै संगै जाने र लाने बताए । यस्तै संविधान संशोधनका विषयमा उनले प्रधानमन्त्रीको सहभागितामा संविधान संशोधन हुने बताए । देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको समेत उनले बताएका छन् ।
प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रचण्डको सहभागितासहित संविधान संशोधन गर्न चाहेको बताए ।

LEAVE A REPLY