रत्नराज्य पुस्तकालयद्धारा छन्द कविताबाचन कार्यक्रम सम्पन्न

काठमाण्डौ , असार २९ ,रत्नराज्यपुस्तकालय बानेश्वर काठमाण्डौले २११ औं भानुजयनतीको उपलक्षमा छन्द कविता बाचनकार्यक्रम सम्मपन्न गरेको छ । प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा वर्ष ७ का बालक देखि किसोर–किसोरी, र बृद्ध–बृद्धा सम्मले आफ्ना छन्दबद्ध कविता लयहाली हाली बाचन गरेका थिए । कार्यक्रममा सहभागी कवि कवयत्रीहरुmलाई रुद्राक्षको मालाले स्वागत, अनि प्रमाणपत्र र नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. ज्ञवालीले भानु जयन्तीको महत्वमाथि प्रकाश पार्दै समसामयिक विषमा आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रम आफ्नै सभाहल बानेश्रमा गरिएको थियो ।

LEAVE A REPLY