यी हुन् कांग्रेसबाट पहिलो चरणमा मन्त्री बन्न संभावित नयाँ अनुहार ः
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज असार ३० गते २ बस्ने कांग्रेसको कार्यसम्पादन समितिको बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा गम्भीर छलफल गर्दैछन। सभापति देउवाले यसपाली सबैको सहमतिमा योग्यता,क्षमता, योगदान भएका, कम विवादित सांसदहरूलाई मन्त्रीमा पठाउने नरम नीति लिएको देखिन्छ । देउवाले भरसक सबै प्रदेश,महिला,दलित,मधेसी,आदिवासी जनजातिलाई मिलाएर मन्त्री पठाउने भएका छन।
देउवाले प्रकाशमान सिंह वा कृष्णप्रसाद सिटौला मध्ये एक जनाको नेतृत्वमा ओली सरकारमा १० मन्त्री पठाउने तयारी गरेका छन् । कांग्रेसबाट पहिलो चरणमा रमेश लेखक गृह, डा।आरजु राणा परराष्ट्र, जीवन परियार श्रम र अजय चौरासिया उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने सम्भावना छ ।

एमालेसँगको सहमतिअनुसार कांग्रेसले १० मन्त्रालय पाउदैछ। तर मन्त्रालय बाडफाँड टुंगो लागिसकेको छैन। पार्टीका देउवा इतर पक्षका नेता डा। शेखर कोइरालाले आफ्नो पक्षका लागि चार मन्त्री मागेका छन। आफ्नो भागको मन्त्री चयन गर्न महामन्त्री गगन कुमार थापा सहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् । जीवन परियार,अर्जुन नरसिंह केसी, हृदयराम थानी, रामनाथ अधिकारी,चन्द्र भण्डारी,बद्री पाण्डे,ऐन बहादुर शाही मन्त्री हुन लालायित भएर दौडधुपमा लागेका छन। डा। शशांक कोइरालाले पनि देउवासँग एक जना मन्त्रीको भाग खोजेका छन। डा।ं ंकोइरालाले भाग पाएभने दाङका दिपक गिरी वा संखुवासभाका दिपक खडका मध्ये एकलाई मन्त्रीमा पठाउने सम्भावना छ। सहमहामन्त्री किशोरसिंह राठौर, विनोद कुमार चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको आकांक्षी थिए, तर देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन् ।

उता महामन्त्री गगन कुमार थापाले पनि आफ्नो कोटामा काठमाडौं ५ बाट निर्वाचित केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन्, तर पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन् । थापाले अझै पनि देउवालाई प्रदीपको पक्षमा मनाउने प्रयास छाडेका छैनन् । यस पटक सरकारमा मन्त्री पठाउँदा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट सप्तरीका तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई दबाब परेको छ । देउवाले यसपाली पार्टी भित्र सन्तुलन मिलाएर मन्त्रीमा पठाउने र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने रणनीति बनाएका छन।

LEAVE A REPLY