यस्ता रहेछन् कांग्रेस–एमाले बीचभएका सात बुँदे सहमति

काठमाडौं । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । संसद्को आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सहमति सार्वजनिक गरेका हुन् । सहमति सार्वजनिक गर्दै ओलीले सरकार बनेको २ वर्षपछि अर्को सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको जानकारी गराए
सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको उल्लेख गरेका छन् ।

LEAVE A REPLY