ग्लोबल आइएमई बैंक र र्‍याडिसन होटलकाठमाडौँ विच १५ प्रतिशत छुट दिने समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY