बलात्कार घटनाका दोषीलाई सजाय छुट हँदैन ः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र युद्धका बेला भएका बलात्कार घटनाका दोषीलाई सजाय छुट नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले बलात्कारका दोषीले सजाय छुट नपाउने बताए । बलात्कारमा सजाय कम हुँदा समाजमा नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।
‘जहिले भएको भए पनि बलात्कार बलात्कार नै हो’ उनले भने, ‘त्यसमा सजाय कम हुँदैन ।’ लेखकले संक्रमणकालीन न्यायका विषयमा भएको सहमतिमा असहमत हुनुपर्ने कारण नरहेको स्पष्ट गरे ।
‘योभन्दा राम्रो के गर्न सकिन्छ ? कति अलमलिने ? कति रोकिने ? ।’ संक्रमणकालीन न्यायसम्बन्धी कानून कार्यान्वयन चुनौतीपूर्ण रहेकाले सिंगो मुलुक एकै ठाउँ उभिनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY