ग्लोबल आइएमई बैंकको कार्यभार सीईओ रेग्मीको काँधमा

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन्।
आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने जानकारी दिए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने उनले प्रतिवद्धता जनाए ।
यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने उनको भनाइ छ ।
ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोबल आइएमई बैंकको नयाँ सीईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

LEAVE A REPLY