अब नबिल बैंकले ऋणीहरुलाई ७।९९ प्रतिशत ब्याजदरमै घर घर कर्जा दिने

काठमाडौँ । नबिल बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणीलाई ७।९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने तयारी गरेको छ ।
बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७।९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले भदौ महिनाका लागि ७।६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षअवधिसम्मका लागि घर कर्जा दिनेछ । ७।९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।

LEAVE A REPLY