महिला प्रधानमन्त्री बनाउने चाहानामा प्रधानमन्त्री ओली

काठमाडौं । आफ्नो कार्यकालमा महिलालाई मुख्यसचिवदेखि प्रधानन्यायधीश हुँदै राष्ट्रपतिसम्म बनाउन सफल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब महिलालाई प्रधानमन्त्री बनाउने चाहाना राख्नु भएको छ । काठमाडौंमा आयोजित युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिनेक्रममा त्यस्तो चाहना राखेका हुन् ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म महिला प्रधानमन्त्री बनाउन चाहान्छु । तर त्यसका लागि अलिकित तयारी गर्नुपर्दछ । २ महिना, ३ महिना वा अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचीरहेको छु ।’ आफु महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उहाँले पहिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो महिला सभामुख ओनसरी घर्ति र पहिलो मुख्यसचिव लिलादेवी गड्तौलालाई बनाएको बताउनु
भयो । यस्तै अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा पनि महिला अनिवार्य हुनुपर्ने नियम बनाएको पनि उहाँले बताउनु
भयो । उहाँले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दावी गर्नु
भयो । महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सवल बनाउन आफुले नै स्टार्टअपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गर्दै उहाँले त्यसैका लागि आफू फेरि प्रधानमन्त्री बनेको दावी गर्नुभयो । देशमा परिवर्तन ल्याउनकै लागि आफू यो उमेरमा पनि सरकारको नेतृत्वमा आएको बताउनुभयो ।
स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूूल वातावरण बनाउछ । नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्ने छ, ओलीले भन्नु
भयो । उहाँले विदेशमा बस्ने र फर्केर नेपाल आउनेलाई सरकारसँग आस गर्न र भर पर्न समेत आग्रह
गर्नुभयो । प्रधानमन्त्री ओलीले यूवा सचेत नभएसम्म सोचे जसरी देशमा विकास गर्न नसकिने पनि बताउनुभयो । उहाँले अनुकूल भए युवाहरु स्वदेश फर्किने दाबी पनि गर्नुभयो

LEAVE A REPLY